अमेरिकी महिलाहरुको एक समूहले गर्भनिरोधका लागि एक अनौठो उपाय अपनाएका छन् । जन्मान्तर कायम गरी महिला स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै उदारवादी महिलाहरुको एक संगठनले सेक्स हडतालको घोषणा गरेको हो । आउँदो अपि्रल २८ देखि मे ५ सम्म सेक्स हडताल गरिने आयोजक महिला समूहले जनाएको छ ।

सेक्स हडताल आयोजक महिलाहरुले गर्भनिरोधका लागि आफुहरुले गर्न लागेको हडतालले अमेरिकालाई ठूलो फाइदा पूराउने दाबी गरेका छन् । उनीहरुले फेसबुकमार्फत पनि आफ्नो हडतालको कार्यक्रमको सूचना पोष्ट गरेका छन् ।

फेसबुक पोष्टमा भनिएको छ, यदि महिला अस्वस्थ भएभने पुरुषले केही दिनमात्रै पर्खिनुपर्छ जब महिला स्वस्थ बन्छन् तब फेरी पुरुषले सेक्स गर्ने मौका पाइहाल्छन् । यसैले सेक्स हडतालको माध्यमबाट पुरुषहरुलाई सबक सिकाउनुपर्छ की गर्भनिरोधक सधै किन महिलाको लागि मात्र लागु हुन्छ ।

आसन्न सेक्स हडतालको पहिलो मुद्दा नै पुरुष भएको उनीहरुको भनाइ छ । हडताल समय अवधिभर श्रीमान वा ब्वाइप|mेन्डसँग सेक्स नगर्ने उनीहरुको योजना छ । सेक्स हडतालमा उत्रिएर पुरुषहरुलाई गर्भनिरोधक साधनहरु केबल महिलाको लागि मात्र हैनन् भन्ने कुराको सबक सिकाउने आफुहरुको लक्ष्य रहेको आन्दोलनकारी महिलाहरु बताउँछन् ।

पश्चिमा समाजमा पुरुषहरु कण्डम लगाउन हिच्किचाउने र महिलाहरुलाई नै सुइ तथा पिल्स लगायतका गर्भनिरोधक साधन प्रयोग गर्न बाध्य पार्ने भएकाले महिलास्वास्थ्यमा समेत नकारात्मक असर परेको भन्दै यसको विरोधमा उत्रिन लागेका हुन् । गर्भनिरोधक साधन पुरुषले पनि प्रयोग गर्नुपर्ने र महिलाहरुलाई सधै प्रयोग गर्नबाट मुक्ति दिनुपर्ने माग महिलाहरुको छ ।।